-समता पोख्रेल
केही समयको अन्तर पछि सविन प्रियासनको कालो मन नामक उपन्यास पढ्ने संयोग बस मौका मिल्यो । परिचयको क्रममा उहाँले नै यो उपन्यास मलाई आफ्नो परिचय स्वरुप उपहार दिनुभएको थियो । उहाँको यो १२ औ उपन्यास रहेछ । उपन्यास पढ्न मन पराउने मान्छे परें । त्याएकै भोलीपल्ट देखि नै पढ्न थालें । यो उपन्यास पढ्न रमाइलो लाग्यो । पढ्दै जाँदा अब के हुन्छ होला भन्दै पढिरहुँ जस्तो लाग्यो । उहाँका अघिल्ला पुस्तकहरु मैले पढेको छैन । तर, यो उपन्यास पढेपछि अघिल्ला पुस्तकहरु पनि पढ्ने चाहना भने अवश्य रहेको छ ।
जमीनदार खलकमा हुर्केकी डाक्टर बन्ने चाहना बोकेकी एक युवती जो जन्मदैबाट टाउकोमा विस्तारामा पर्नुभएकी आमाको विराम र परिवारका दुई सदस्यको मुत्युको कारणको बोझ बोकेकी साथै उसको मानसिक स्थिती, समाज र साथीभाइले गर्ने व्यवहारको चित्रण गरिएको छ ।
यो उपन्यास एउटा गाउँको किसान परिवारको एक युवा जसको जीवनको संघर्ष समाज र परिवारको अन्धविश्वासका कारण बोझिलो बनेको छ । तर पनि समायानुसार आधुनिक प्रविधिबाट कृषि खेती गर्ने सपना बोकेको छ र जमीनदार खलकमा हुर्केकी डाक्टर बन्ने चाहना बोकेकी एक युवती जो जन्मदैबाट टाउकोमा विस्तारामा पर्नुभएकी आमाको विराम र परिवारका दुई सदस्यको मुत्युको कारणको बोझ बोकेकी एक युवती साथै उसको मानसिक स्थिती, समाज र साथीभाइले गर्ने व्यवहारको चित्रण गरिएको छ भने उनीहरु दुइ बीचको प्रेम कथा र जीवनको लक्ष्य प्राप्तीका संघर्षमा आधारित छ । दुवैको लक्ष्य भने आ– आफ्नो क्षेत्रबाट समाज सेवा गर्ने र परिवारको खुशी, विशेषत युवतीको लागि आमाको उपचार गरी पहिले जस्तै बनाउने रहेको छ । यी दुवै जना समाजको रुढिवादी र अन्धविश्वासको शिकार बनेका छन् ।
यो पढ्दा आश्चर्यजनक पनि लाग्छ, आजको युगमा पनि मान्छेहरु यतिसम्म अन्धविश्वासको जालोमा फसेका छन् । तर यो उपन्यासको वास्तविकता समाजमा बसेका जान्ने बुझेका भनाउँदा ढोँगीहरुले नै यस्तो जालो बुनिरहेका छन् ।
उपन्यास आजको समयको सामाजिक परिपाटिमा लेखिएको छ जसमा फेसबुक र म्यासेन्जरको कुरा गरिएको छ भने कोभिडको संक्रमणपछि देशको आर्थिक अवस्थाको पनि जिकिर गरिएको छ । भनाइको तात्पर्य आजको युगको उपन्यास भएता पनि परिवारको अन्धविश्वास र रुढिवादीको भूमरिमा फसेका युवायुवतीको जीवनको संघर्षको कथा उतारिएको छ । यो पढ्दा आश्चर्यजनक पनि लाग्छ, आजको युगमा पनि मान्छेहरु यतिसम्म अन्धविश्वासको जालोमा फसेका छन् । तर यो उपन्यासको वास्तविकता समाजमा बसेका जान्ने बुझेका भनाउँदा ढोँगीहरुले नै यस्तो जालो बुनिरहेका छन् ।
उपन्यास पढ्दा लाग्यो जीवनमा उस्तै उस्तै परिस्थितीको सामना गर्नेहरुले नै एक अर्काको मनको भावना सही अर्थमा बुझ्ने गर्छन भने उनीहरु बीचको मित्रता र प्रेम साँचो र सही अर्थमा सफल हुनेछ । यो उपन्यासमा दर्शाएको जस्तो निस्वार्थ प्रेम जुन बाहिरी आवरणमा कत्ति पनि आशक्ति छैन, जो मर्यादित र सम्मानित छ, जसले मनको सुन्दरतालाई मात्र महसुस गर्छ या भनौँ सुन्दरताको पछाडी माया हैन मायाको पछाडी सुन्दरता देख्छ । उपन्यासले एउटा यस्तो सन्देश दिन्छ की यस्तो मायाले संसारलाई परिवर्तन गर्न सकिन्छ । नकारात्मतालाई पनि सकारात्मतामा रुपातन्तरण गर्न सकिन्छ ।
उपन्यासमा दर्शाएको जस्तो त्यो निस्वार्थ प्रेम के साच्चै यथार्थ जीवनमा पनि हुन्छ होला र ? यदि यस्तो भएमा संसारमा कोही कसैको बैरी हुँदैनथ्यो होला । प्रेमको यति सुन्दर चित्रण पढ्दा मात्र पनि आनन्द महसुस हुन्छ ।
पढ्दा यस्तो लाग्छ, उपन्यासमा दर्शाएको जस्तो त्यो निस्वार्थ प्रेम के साच्चै यथार्थ जीवनमा पनि हुन्छ होला र ? यदि यस्तो भएमा संसारमा कोही कसैको बैरी हुँदैनथ्यो होला । प्रेमको यति सुन्दर चित्रण पढ्दा मात्र पनि आनन्द महसुस हुन्छ । उपन्यासमा आधुनिक कृषि खेती बारे निकै जानकारी लेखिएको छ । जसले खेती किसानी गर्नेहरुलाई पनि यो पुस्तक केही हदसम्म सहयोगी बन्न सक्छ । शहर बजार देखि गाउँघरमा समेत सानो ठाउँमा पनि तरकारीहरु फलाउन सकिने उपाएको खोजी उपन्यासमा गरिएको छ । जसबाट हामी सबैले घरमै गमलामा आफूलाई पुग्ने र व्यवसायीक तरकारी उत्पादन गर्न सक्ने बाटो देखाइएको छ ।
कालो भन्ने वित्तिकै अध्याँरो कता–कता नकारात्मकता भरिएको जस्तो लाग्छ तर उपन्यास पढ्दै जाँदा बुझें यो तपाइं हामी भित्र नै भएका मनहरुको व्याख्या गरिएको रहेछ । भनिन्छ हरेक मान्छेको मनमा सकारात्मता र नकारात्मकता दुवै हुन्छ । कुन मनलाई आफूभित्र हावी हुन दिने वा नदिने भन्ने हाम्रै नियन्त्रणमा रहेको हुन्छ ।
उपन्यास पढ्नु भन्दा अघि किन होला यो पूस्तकको नाम नै कालो मन राखेको भन्ने लागेको थियो । कालो भन्ने वित्तिकै अध्याँरो कता–कता नकारात्मकता भरिएको जस्तो लाग्छ तर उपन्यास पढ्दै जाँदा बुझें यो तपाइं हामी भित्र नै भएका मनहरुको व्याख्या गरिएको रहेछ । भनिन्छ हरेक मान्छेको मनमा सकारात्मता र नकारात्मकता दुवै हुन्छ । कुन मनलाई आफूभित्र हावी हुन दिने वा नदिने भन्ने हाम्रै नियन्त्रणमा रहेको हुन्छ । पूर्णरुपले मन परिवर्तन नहुँदासम्म मान्छेभित्र रहेका अहंकार, दम्भले सधैभरि दुष्परिणाम नै निकाल्छ भन्ने कुरा यसमा दर्शाईएको छ ।
अन्तमा, यो उपन्यास पढ्दा यस्तो लाग्छ सबैले सकारात्मता सोच राख्ने हो भने यो संसार कति सुन्दर, प्रेममय अनि शान्तिले भरिपूर्ण हुन्थ्यो होला । सकारात्मताको जहिले जित हुन्छ भने नकारात्मक सोच अथवा कालो मन हुनेहरुको अन्त्यमा हार निश्चित छ ।
अन्त्यमा उपन्यासकार एवं पत्रकार सविन प्रियासनको कालो मन उपन्यास पढेपछि भन्न मन लाग्यो :–
कालो मनको उज्यालो आँसु
गाउँको धुलोमा लड्दै–बढ्दै
एउटा युवकको मन रुँदै हाँस्छ,
उसको सपना माटोमै गाडिएको छ,
तर आँखामा अझै बत्ती बलिरहेछ ।
उता शहरको अस्पतालको बरण्डामा
एउटी युवतीले आमाको हात समातेकी छे
टाउकोमा बोकेकी छ बिस्ताराको बोझ
र, आँखामा बोकेकी छ मायाको भारी ।
दुवैको मन कालो छैन
तर कालोले घेरेको छ जीवन,
फेसबुकमा होइन, म्यासेन्जरमा होइन,
आँसुले लेखिएका सन्देशमा भेटिए उनीहरू ।
जब उसले भन्यो– “म तिमीलाई डाक्टर बनाउँछु”
उनले भनिन्– “म तिमीलाई किसान बनाउँछु”
त्यही क्षण कालो मन फुट्यो
र, त्यहाँबाट उज्यालोको नदी बग्यो ।
मायाको नाममा शरीर होइन
उनीहरूले एकअर्काको घाउ छोए
आमाको बिरामी शरीरलाई उसले
आफ्नो माटोको सुगन्धले छोयो ।
आँशुले लेखिएको प्रेम कहिल्यै मेटिँदैन,
जबसम्म एउटा मन अर्को मनको लागि धड्कन्छ,
त्यो धड्कनले भन्छ–
कालो मन पनि एक दिन
सेतो फूल बनेर फुल्छ ।
सविन प्रियासनको पानामा
मैले आफैंलाई भेटेँ
र, रुँदै–रुँदै मुस्कुराएँ
किनकि कालो मनको अन्त्यमा
सधैं प्रेमले जित्छ भन्ने
मलाई आज फेरि थाहा भयो ।









प्रतिक्रिया