२४ असार २०८३, बुधबार

कर्णालीमा विकास बजेट पहिलो चौमासिकमा ३.२६ प्रतिशत मात्र कार्यान्वयन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ८ मंसिर । कर्णाली प्रदेश सरकारको विकास बजेट कार्यान्वयन निकै कमजोर देखिएको छ । पहिलो चौमासिकसम्म आइपुग्दा कर्णालीको विकास बजेट ३.२६ प्रतिशत मात्र कार्यान्वयन भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कर्णालीमा पुँजीगत बजेट निकै कमजोर कार्यान्वयन हुने गरेको छ । पुँजीगत खर्च कार्यान्वयन अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकभन्दा झन् खस्किएको छ ।

कर्णाली सरकारको चालु आर्थिक वर्षमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ छुट्ट्याएको छ । पहिलो चौमासिकसम्म आउँदा ६५ करोड ११ लाख २९ हजार ११७ रुपैयाँ मात्र कार्यान्वयन भएको छ । विनियोजित पुँजीगत बजेटको यो ३.२६ प्रतिशत मात्र हो ।

कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोद शाहले मुख्यमन्त्री कँडेलले सम्बन्धित मन्त्रालयलाई एक आर्थिक वर्षमा ८० प्रतिशतसम्म विकास बजेट कार्यान्वयनको लक्ष्य दिएको बताए । उनले दिएको लक्ष्यानुसार पहिलो चौमासिकसम्म २५ प्रतिशत विकास बजेट कार्यान्वयन हुनुपर्ने हुन्छ । तर, आँकडा त्योअनुसारको छैन ।