२७ असार २०८३, शनिबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०७ औं बैठक बस्ने भएको छ ।

बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ ।

बैठकमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यहरूले मन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ ।