१७ असार २०८३, बुधबार

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ६ मंसिर । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मंसिर ५ गतेसम्म थपिएका मतदाताको संख्या हो ।

यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन् ।

अब मोरङमा मतदाताको संख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।