३० असार २०८३, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।

मंसिर ४ गतेका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि बोलाइएको थियो ।

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्न मतभिन्नता देखिएपछि बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिए पनि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्न यो बैठक बोलाइएको हो ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन अघिनै पुसभित्र महाधिवेशन सक्नुपर्ने बताइरहेका छन् भने सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।