९ श्रावण २०८३, शनिबार

घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । शुक्रबार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा पौडेलले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताए । देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचनको मिति घोषणा गरिएको बताए ।

निर्वाचन परिणामले मुलुकको सुशासन,विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने पौडेलको विश्वास छ ।

Skip This