२६ जेष्ठ २०८३, मंगलबार

मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय अब १ दिन मात्र बाँकी छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा भोलि मंसिर ५ सम्म मात्र नाम लेखाउन पाइनेछ ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुँदै छ । त्यसमा मतदान गर्न नागरिकलाई मंसिर ५ भित्र मतदाता सूचीमा समावेश हुन भनिएको छ ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बाहिर घर भई काठमाडौँ उपत्यकामा रहेका नागरिकलाई मतदाता सूचीमा नाम लेखाउन आआफ्ना जिल्ला जान आग्रह गरेका छन् ।