काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले सह–महामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट समिति संयोजक नियुक्त गरेको छ।
आचार्यले मस्यौदा रूपरेखा सफलतापूर्वक तयार पारेको भन्दै केन्द्रीय समितिको बैठकले उनलाई थप जिम्मेवारी दिएको प्रवक्ता मनिष झाले बताए।
समितिमा विराजभक्त श्रेष्ठ, डा. चन्दा कार्की र राजन गौतम सदस्य रहनेछन्। प्रदेश सभापतिहरू पदेन सदस्य हुनेछन्।
यद्यपि रूपन्देही–३ मा भने डा. लेखजंग थापालाई पहिलेको निर्णयअनुसारै उम्मेदवार बनाइने रास्वपाले स्पष्ट गरेको छ।








प्रतिक्रिया