११ असार २०८३, बिहिबार

सुन्धारा कारागारबाट फरार कैदी मकवानपुरबाट पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका मकवानपुरको थाहा नगरपालिका– ९ बस्नेत टोलनिवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।