२४ असार २०८३, बुधबार

मास्कधारी जेनजी अभियान्ता थापाले मिराज ढुंगानाको कार्यालयमा पुगेर दिए धम्की

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर। ‘जेन-जी अभियन्ता’ परिचय दिने देव थापा सोमबार साँझ जेनजी अगुवा मिराज ढुंगानाको नक्सालस्थित कार्यालयमै पुगेर हंगामा गरेका छन् ।

मिराजका अनुसार थापा मास्क लगाएर कार्यालयमा प्रवेश गरेका थिए र आफ्नो गतिविधि तथा भेटघाटबारे थर्काउने शैलीमा प्रश्न सोधेका थिए।

थापासँग डा. जगत डिसी पनि साथमा थिए। मिराजले उनीहरूले बिना कारण गालीगलौज र धम्कीपूर्ण व्यवहार गरेको बताए। “पहिले कहिल्यै भेटेको मान्छे होइन, अकस्मात आएर थर्काइरहे,” उनले भने।

थापा विगतमा सुधन गुरुङको टिमबाट हटाइएका व्यक्ति भएको दाबी मिराजले गरे। हिजो ऋषि धमलाको अन्तर्वार्तामा पनि थापा मास्क लगाएरै बसेका थिए, जसले गर्दा उनको पहिचानबारे चर्चा बढेको थियो।