३ श्रावण २०८३, आइतबार

निर्वाचनको वातावरण बिग्रिन नदिन सबै पक्ष सचेत बनौँ : गृह मन्त्रालय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, । गृह मन्त्रालयले बाराको सिमरामा आज भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेस विज्ञप्तिमार्फ मन्त्रालयले घटनापछि सिर्जित अवस्थालाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाउन स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र अवस्था सामान्य बन्दै गएको जनाएको छ ।

विज्ञप्तिमा मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सबै पक्षहरूले आआफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँगको समन्वयमा कार्यक्रमलाई शान्तिपूर्वक तरिकाले व्यवस्थित र मर्यादापूर्वक सञ्चालन गर्नु गराउनु वाञ्छनीय रहन्छ ।“