१ श्रावण २०८३, शुक्रबार

सिमरा घटनाबारे जेनजी फ्रन्टले भन्यो– अराजक गतिविधि तत्काल रोक

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाल जेनजी फ्रन्टले बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ताले शान्तिपूर्ण कार्यक्रममा सहभागी जेनजीमाथि कुटपिट भन्दै आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै फ्रन्टले संविधानप्रदत्त शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गरी सिमरा चोकमा कार्यक्रम गर्न लागेका युवाहरूमाथि आक्रमण हुनु खेदजनक रहेको बताएको छ । फ्रन्टले भदौ २३ को घटनाको स्मरण गराउँदै शान्ति सुव्यवस्था बिगार्ने गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै फ्रन्टले आफ्ना कार्यकर्तालाई उत्तेजनामा नआउन आग्रह गरेको छ ।

विज्ञप्तिमा विद्रोहको जनादेशलाई मतादेशबाट संस्थागत गर्नुपर्ने भन्दै पुराना दलहरूको उक्साहटमा नफस्न र संयमता अपनाउन सम्पूर्ण जेनजी युवाहरूलाई अपिल गरिएको छ ।