३ श्रावण २०८३, आइतबार

जेन-जीको हजुरआमाले यो सरकार छोड्नुपर्छ : महेश बस्नेत

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर। बारा घट्नापछि नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेन-जी आन्दोलनतर्फ लक्षित गर्दै सरकारप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले विरोध प्रदर्शनका बीच आफूहरूलाई रोक्ने प्रयास सरकारकै निर्देशनमा भएको दाबी गरे।

बस्नेतले भने, “यो अवैधानिक संविधानले नचिन्ने सरकार हो। जेन-जीको हजुरआमा सुशीला आमैले पनि यो सरकार अब बस्नु हुँदैन भन्ने बुझिसक्नुभएको छ, त्यसैले हाम्रो कार्यक्रम रोक्न खोजिएको हो।”

बारामा लागू गरिएको सुरक्षा अवरोधलाई ‘धक्का’ का रूपमा लिँदै उनले आफूहरू कुनै पनि हालतमा नरोकिने चेतावनी दिए।

उनले भने, “एमाले र युवासंघ पानीमा डुबोजस्तै हो, जति दबाए पनि २० वटा पालुवासहित आउँछ। अब काठमाडौंमै अहिलेसम्मकै ठूलो सभा गर्ने तयारी छ।”