३१ जेष्ठ २०८३, आइतबार

नेतालाई जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुँदैन : डा.भीमार्जुन आचार्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूलाई निषेध गरिएपछि उनले २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गरेका हुन् ।

‘नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ ?,’ आचार्यले प्रश्न गरेका छन्, ‘अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’

उनले जेनजी पुस्तालाई सत्तामा रहेका आन्दोलनकारीले झनै बढी जिम्मेवार हुनुपर्ने स्मरण पनि गराएका छन् । ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ?,’ आचार्यले प्रश्न गर्दै भनेका छन्, ‘जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु  पर्‍यो ।’