९ असार २०८३, मंगलबार

महेश बस्नेतको प्रश्न- कठपुतली सरकार, सुशासनको अझ कति खिल्ली उडाउने हो ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसकेकोमा आक्रोश व्यक्त गरेका छन् ।

आज सिमरामा कार्यक्रमका लागि जान तयार भएका बेला जेनजीहरूले प्रदर्शन गर्दै स्थिति तनावग्रस्त बनेपछि बस्नेतले आक्रोश व्यक्त गरेका हुन् ।

सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत कार्य भएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत कार्य हो।’

उनले थपेका छन्, ‘हे कठपुतली सरकार, लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्।’