२२ असार २०८३, सोमबार

सिमरा घटनाप्रति विश्वप्रकाशको धारणा– घुम्न पनि नपाए कसरी चुनावमा जान्छन् दल ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटनाका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले घटनालाई दुःखद् भन्दै त्यो जेनजी भावनाबाट नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जाल एक्समा मेन्सन गर्दै चुनावको वातावरण नबनाए चुनाव हुन नसक्ने भन्दै ध्यानाकर्षण गरेका हुन् ।

“एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?,” प्रधानमन्त्री कार्कीलाई ध्यानाकर्षण गर्दै शर्माले भनेका छन्, “सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो ।”

उनले निषेधको राजनीति कसैले पनि नगर्न आग्रह गरेका छन् ।