२ श्रावण २०८३, शनिबार

एमाले र जेनजीको झडपपछि सिमरा विमानस्थल आसपास कर्फ्यू

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, ३ मंसिर । बाराको सिमरा विमानस्थल आसपास कर्फ्यू लगाइएको छ ।

विमानस्थल बाहिर नेकपा (एमाले)का कार्यकर्ता र जेनजी युवाबीच झडप भएपछि बेलुका ८ बजेसम्म कर्फ्यू लगाइएको हो ।

कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत नेताहरू सिमरा पुगेको सूचना पाएलगत्तै प्रदर्शनमा उत्रिएका जेनजी र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । एमाले नेताहरूलाई प्रहरीले विमानस्थलभित्रै सुरक्षा दिएर राखेको छ ।