२१ जेष्ठ २०८३, बिहिबार

ताप्लेजुङको तेम्बा बजारका चार घर जले

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ३ मंसिर । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति आगलागी हुँदा चार घर जलेका छन् ।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्न लगायत अन्य सामग्री जलेका छन् ।

पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।