२२ जेष्ठ २०८३, शुक्रबार

इच्छाकामना गाउँपालिकालाई प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबीअन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

शनिबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवालसहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा जलाइएका गाउँपालिकाका एक वटा स्कर्पियो र एक वटा बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप उक्त बीमा रकम प्रदान गरिएको हो ।

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानीमा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्ने प्रतिवद्धता पुनः दोहोर्‍याएको छ ।