२ श्रावण २०८३, शनिबार

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे ।

‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ’ काफ्लेले भने । अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक ग¥यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता काफ्लेले बताए ।

सुरुमा विभागको वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिन्यो । अहिले भने त्यो देखिँदैन । हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो ।

तर ह्याक भएको यो साइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरु नभएको कर्मचारीहरुले बताएका छन् । ‘यो नर्मल वेबसाइट हो यहाँ रहेका सामान्य डकुमेन्टहरु भने सुरक्षित छन्’ विभागका एक कर्मचारीले भने ।