२५ असार २०८३, बिहिबार

मधेशका पाँचजना सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेसका सभामुख रामचन्द्र मण्डललाई ५ जना सांसदलाई पदमुक्त नगर्न आदेश गरेको हो।

कात्तिक २७ गते सभामुख मण्डलले जसपाका सांसदहरू मनीष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त गरेका थिए । सभामुखको निर्णयविरूद्व उनीहरू सर्वोच्च अदालत पुगेका थिए ।