२४ जेष्ठ २०८३, आइतबार

सुजन कडरियाको राजीनामा स्वीकृत, धामी बने अध्यक्ष

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई संगठनको नयाँ अध्यक्ष नियुक्त गरेको छ।

नेपाल कमर्स क्याम्पसमा बसेको बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाएको छ भने अन्य पदाधिकारी यथावत् राखिएको हो । जेन९जी आन्दोलनका क्रममा विद्यार्थीको मृत्यु भएको घटनाप्रति असन्तुष्टि जनाउँदै कडरियाले पद त्याग गरेका थिए।

पछि फेरि उनले आफूले पद त्याग नगरेको दावी गर्दै आएका थिए । बैठकपछि कडरियाले आफ्नो राजीनामा स्वीकारिएकोमा धन्यवाद दिदैँ विद्यार्थी आन्दोलनसँग जोडिएका मिठा–तीता अनुभवहरूलाई औपचारिक रूपमा समाप्त भएको बताएका छन्।

उनले अब पूर्ण रूपमा पार्टी जीवनमा समर्पित हुने प्रतिबद्धता जनाएका छन्। साथै नयाँ नेतृत्व—अध्यक्ष धामीलगायत पदाधिकारीलाई शुभकामना व्यक्त गर्दै अनेरास्ववियु विद्यार्थी हक–हितको लागि निरन्तर लडिरहने संगठन भएको पुनः पुष्टि भएको उल्लेख गरेका छन्।