२५ जेष्ठ २०८३, सोमबार

धेरै दुःखले यहाँ पुगेको हुँ, अहिलेको घटना मेरो लागि ‘स्वीट पेन’ : मिनबहादुर गुरूङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । देशका सबैभन्दा बढी कर तिर्ने व्यापारीमध्येका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो व्यावसायिक जीवन अनेक चुनौतीले भरिएको बताए।

कर दिवसका अवसरमा सम्मानित भएका गुरूङले हालैको आगलागीबाट ठूलो क्षति भए पनि त्यसलाई आफूले ‘स्वीट पेन’का रूपमा स्वीकारेको बताए।

गुरूङका अनुसार व्यापारिक जगतमा कहिले आरोप, कहिले अनुसन्धान, कहिले आगलागीजस्ता कठिनाइ आए पनि उनले सबैलाई हिम्मतका साथ सामना गर्दै आएका छन्।

उनले भाटभटेनीले कर तिरेर बचेको नाफाबाट स्वास्थ्य क्षेत्रका विभिन्न संस्थालाई सहयोग गर्दै आएको पनि बताए।

भ्याट प्रणाली सुरू हुँदा सबैभन्दा धेरै खुशी लागेको स्मरण गर्दै गुरूङले अरूको गल्तीका कारण आफूले भोगेको दण्ड आज पनि नबिर्सिने बताए।

दुई अर्बको कारोबारबाट शुरू भएको भाटभटेनी अहिले ३३ अर्बको कारोबारमा पुगेको उल्लेख गर्दै उनले कठिनाइपछि झन् कडा परिश्रमले आफू सफल भएको बताए।