काठमाडौं, ३० कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरूद्वको रिटको सुनुवाई आज स्थगित भएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाई तोकिएको भएपनि आज स्थगित गरेर भोलिका लागि तोकिएको हो ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका यादवलाई बर्दिबासमा बिहानको झिसमिसेमै मुख्यमन्त्री नियुक्त गरेर शपथ गराएपछि ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।








प्रतिक्रिया