
काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले ‘जेनजी’ आन्दोलनमा अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।
आज बुटवलमा आयोजित जनसभामा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुन्डागर्दी गर्ने, निजी तथा सार्वजनिक सम्पत्ति धराशायी बनाउनेलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
उनले जेलबाट भागेका कैदीलाई नियन्त्रणमा लिने कार्य पनि नगरिएको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरे ।
सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरे ।








प्रतिक्रिया