
काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शन/जनसभा गर्दै छ ।
एमालेले प्रतिनिधिसभा पुनस्र्थापनालगायत माग राखेर जनसभा गर्न लागेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
प्रदर्शनका लागि ‘प्रतिगामी षड्यन्त्र–मुर्दावाद’, ‘विघाटित प्रतिनिधिसभा पुनस्र्थापना गर’, ‘२३ र २४ को आपराधिक घटनाको निष्पक्ष छानबिन गर’, ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’ नारा तय गरेको छ ।
एमालेले अघिल्लो शनिबार पालिकास्तरमा जनसभा गरेको थियो ।









प्रतिक्रिया