काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हालको देशको राजनीतिक परिदृश्यलाई आगामी ११औँ राष्ट्रिय महाधिवेशनको प्राथमिक छलफल विषय बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
आज वक्तव्यमार्फत उनले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’ पछि मुलुकको राजनीतिक समीकरण नै फेरिएको उल्लेख गर्दै, यस्तो बदलिएको अवस्थाबाट पार्टीले गम्भीर विश्लेषणसहित नयाँ दिशा निकाल्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
“जेनजी आन्दोलनपछि राजनीतिक दल, सरकार, संसद् र शक्ति सन्तुलन सबैमा ठूलो परिवर्तन आएको छ। अहिलेको अवस्थालाई पुराना निष्कर्ष र पुरानै मूल्यांकनले मार्गदर्शन गर्न सक्दैन। महाधिवेशनले यथार्थअनुसारको अद्यावधिक राजनीतिक निष्कर्ष निकाल्नुपर्ने छ,” उनले भनेका छन् ।








प्रतिक्रिया