७ श्रावण २०८३, बिहिबार

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।

सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ ।

काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्सका ब्रान्डिङ विभाग प्रमुख विनोद घिमिरेको उपस्थिति थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नेपाली खेलकुद क्षेत्रमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो भने नेपाली खेलकुद क्षेत्रलाई साथ सहयोग गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रतिवद्ध रहेको जनाए ।

गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथमा एनपीएलमा बलियो उपस्थिति जनाउन सक्दो प्रयास गर्ने बताए ।

विगत ८ वर्षदेखि सञ्चालनमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपाली बीमा बजारमा स्थापित र आक्रामक रुपमा जीवन बीमा व्यवसाय गर्दै अगाडि बढिरहेको जीवन बीमा कम्पनी हो । देशैभरीबाट ११५ कार्यालय सञ्जाल मार्फत आफ्नो जीवन बीमा सम्बन्धी उच्चस्तरिय सेवा देशका कुना कन्दरा सम्म फैलाउँदै आएको छ ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वल्र्ड लिंकसँग, गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनरको रुपमा एक्सट्रिम इनर्जी ड्रिङ्कसँग, अफिसियल एजुकेशन पार्टनरको रुपमा आईआईएमएस कलेज र एब्रोर्ड स्टडी पार्टनरको रुपमा केआईईसीसँग प्रायोजन सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।