२ श्रावण २०८३, शनिबार

२२ उद्योगले तिरे डेडिकेटेड र ट्रंक लाइनको बक्यौताको किस्ता, कसले कति तिरे ? (सूचीसहित)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरूले डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने बक्यौतामध्ये २२ उद्योगले हालसम्म १८ करोड २० लाख रुपैयाँभन्दा बढी रकम किस्ताबन्दीमा बुझाएका छन्।

मिति २०८२ कार्तिक ४ पछि बुझाइएका किस्ताको सूचीअनुसार, जगदम्बा स्टिल प्रा.लि. ८८ले सबैभन्दा धेरै ५ करोड ७२ लाख ८ हजार ६८३, श्री तिलसिमान स्पिनिङ मिल्सले २ करोड ७५ लाख, श्री शिवम् सिमेन्टले २ करोड ३३ लाख ८८ हजार रुपैयाँ बुझाएका छन्।

त्यस्तै गोर्खा सिमेन्ट, अर्पण सिमेन्ट, हेटौँडा सिमेन्ट, श्री सीता सिमेन्ट, बिशाल सिमेन्टलगायत दर्जनौं उद्योगहरूले पनि लाखौँदेखि करोडौँ रुपैयाँसम्म किस्ता तिरेका छन्।

यो रकम डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत उठाइएको बक्यौताको पहिलो र हालसम्मको किस्ता हो। कुल २२ वटा उद्योगहरूबाट जम्मा १८ करोड २० लाख ७ हजार ४९५ रुपैयाँ २० पैसा बुझाएको प्राधिकरणले जनाएको छ।