१५ असार २०८३, सोमबार

मधेस प्रदेश सभाका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २७ कार्तिक । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

पदीय आचरण विपरीत काम गरेको आरोप लगाउँदै सात दलले आज अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

गत २२ गतेको प्रदेश सभा बैठक सञ्चालनका क्रममा सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत विपक्षी दलका नेताहरूलाई रोष्टम प्रयोग गर्न नदिएको तथा सत्तापक्षीय सांसदहरूलाई मात्र बोल्न अनुमति दिएको आरोप लगाइएको छ ।

६४ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा अविश्वासको प्रस्ताव पेस गरिएको हो।