३० आश्विन २०८३, शुक्रबार

जेनजी आन्दोलनका घाइतेको बायोमेट्रिक विवरण अस्पतालबाटै संकलन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । जेनजी आन्दोलनका घाइते युवाले आगामी निर्वाचनका लागि आफ्नो मतदाता परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण अस्पतालमै बसेर दिएका छन् ।

घाइते युवाहरू आफ्नो जिल्ला फर्किन सक्ने अवस्थामा नरहेकाले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको निर्वाचन आयोगले जनाएको छ ।

बायोमेट्रिक गराउने क्रममा अस्पतालमा अर्थमन्त्री रामेश्वर खनाल पनि पुगेका थिए । उनले नागरिक अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था मिलाएको बताए ।

घाइते युवाहरूले आयोगप्रति आभार प्रकट गरे । उनीहरूले अस्पतालमै रहँदा पनि लोकतान्त्रिक अधिकार उपयोग गर्न पाएकामा खुसी व्यक्त गरे ।