काठमाडौं, २६ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई अहिले देश गम्भीर संकटमा रहेको बताएका छन् ।
सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा रहेको उनको भनाइ छ ।
उनले चुनाव जित्नको लागि मात्रै आफूहरूले एकता नगरेको बताउँदै राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर गरिएको स्पष्ट पारे ।
उनले भने, ‘इतिहासमा यति संकटमा सायद कहिल्यै परेको थिएन, सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ। त्यसैले यो एकता गरिहालौँ चुनाव जित्नको लागि भनेर गरिएको होइन।’








प्रतिक्रिया