३ श्रावण २०८३, आइतबार

मधेस सरकार गठनविरूद्धको रिटमा दुवै पक्षलाई छलफलमा डाकियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कार्तिक । मधेस प्रदेश सरकार गठनविरूद्धको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा डाकेको छ ।

आज न्यायाधीस नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न कार्तिक ३० गते दुवै पक्षलाई डाकेको हो ।

अदालतले नियुक्ति सम्बन्धी कात्तिक २३ गतेको निर्णयसँग सम्बन्धित सबै कागजातहरू झिकाउन पनि आदेश गरेको छ ।

त्यसैगरी यस विषयमा के कस्तो भएको हो भन्ने विषयमा विपक्षी मुख्य न्यायाधिवक्ता कार्यालय मधेस प्रदेशमार्फत १५ दिनभित्र जबाफ पेस गर्न पनि भनिएको छ।