२१ जेष्ठ २०८३, बिहिबार

एमाले टोखा नगर कमिटीद्वारा पनि जनप्रदर्शन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । नेकपा (एमाले) टोखा नगर कमिटीले जनप्रदर्शन गरेको छ ।

वर्तमान सरकार गठन, रवैया र संविधानको रक्षाका लागि एमालेले आज देशैभरका पालिकामा जनप्रदर्शन आयोजना गरेकामा टोखा नगर कमिटीले पनि जनप्रदर्शन गरेको हो ।

र्‍याली नगर परिक्रमा गरेर बसुन्धारामा कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य नारायण सिलवाल अतिथीहरू प्रदेश कमिटी सदस्य रामकृष्ण श्रेष्ठ, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, युवा संघका केन्द्रीय सदस्य अनुप पौडेल, नगरकमिटी अध्यक्ष गोपीकृष्ण पाठक लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा केहीलाई पार्टी प्रवेश समेत गराइएको थियो ।