काठमाडौं, २५ कार्तिक । जेनजी आन्दोलनका क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका एकसय केजी सुनकाण्डका दोषी हर्कराज राई पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुर अरुण गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ–४ पासीकोट बसोबास गर्दै आएका ५१ वर्षीय राईलाई पक्राउ गरेको हो ।
उनीमाथि संगठित अपराध, सुन भन्सार चोरी–पैठारी र नेपाल राष्ट्र बैंकसम्बन्धी कसुरमा मुद्दा दायर भई सजाय सुनाइएको थियो ।















प्रतिक्रिया