८ असार २०८३, सोमबार

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २३ कार्तिक । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट ना. ४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

हात्तीले अन्य केहि सवारी साधनमा पनि क्षति गर्नुका साथै राजमार्ग नै अवरुद्व परेको प्रत्यक्षदर्शीले बताएका छन । हात्ती अचानक सडकमा आएर सवारीसाधनहरूमा आक्रमण गरेको उनीहरुको भनाइ छ । हात्तीलाई जंगलतर्फ धपाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।