२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरूद्ध राजावादीको प्रदर्शन

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । शाही युवा शक्ति नेपालले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध प्रदर्शन गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह निकट शाही युवा शक्तिले शनिबार ‘जेनजी पुस्ता, जनता र राजा एक हौँ’ भन्ने नारासहित सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरुले सामाखुसीदेखि वनस्थलीसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् । सामाखुसीबाट र्‍याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली पुगेर सभामा परिणत भएको थियो ।