२५ जेष्ठ २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २२ कात्तिक । बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय विकास यादव रहेका छन् ।

दुर्घटनामा अर्का एक जना भने घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी रहेका छन् ।

राजापुरदेखि गुलरियातर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नंको मोटरसाइकल हुलाकी सडकअन्तर्गत राजापुर नगरपालिका वडा १० जोगीपुरमा अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुनासाथ दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

घाइते मोटरसाइकल चालक सोनीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्रकुमार मल्लले बताए ।