१० असार २०८३, बुधबार

प्रहरीलाई नै कुटपिट गरेर बाल सुधार गृहबाट ७ जना फरार, एकजना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ कार्तिक । विराटनगरको बाल सुधार गृहबाट ७ जना कैदी फरार भएका छन् ।

सुरक्षामा खटिएका प्रहरीलाई नै कुटेर कैदी फरार भएका हुन् । उनीहरु जबरजस्ती करणी, लागू औषध, हत्या लगायतका अपराधमा संलग्न रहेका कैदीहरु हुन्। उनीहरू १८ वर्ष माथिका युवक रहेको बताइएको छ ।

भाग्ने क्रममा एकजनालाई भने स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

बाँकीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।