काठमाडौं, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग नेपाल प्रगतिशील अभियानुका नेता जनार्दन शर्मा र एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुषालले भेटवार्ता गरेका छन् ।
विप्लवसँग भेटवार्ताका लागि शर्मा र भुषाल ललितपुरको हरिसिद्धिस्थित विप्लवकै घरमा पुगेका थिए ।
उनीहरूबीच पुनर्गठनका लागि अबको निकासलगायतका विषयमा छलफल भएको बताइएको छ ।
भेटपछि नेता भूसालले सहकार्य औपचारिक रूपमा अघि बढाउने तयारी भइरहेको बताए। “हामी सहकार्यमा छौं। मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउँदै लैजानेछौं,” उनले भने। उनका अनुसार तीन नेताबीचको सहकार्यलाई एकीकरणका रूपमा नलिएर वाम आन्दोलन सुदृढीकरणको प्रयासका रूपमा हेर्नुपर्ने छ।
बैठकमा छलफल भएका विषय समेटेर तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी गरिने तयारी छ।








प्रतिक्रिया