२० असार २०८३, शनिबार

त्रिवेणी सिन्थेटिकले तिर्‍यो बक्यौताको पहिलो किस्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ ।

नेपाल विद्युत् प्राधिकरणलाई उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

त्रिवेणी सिन्थेटिकको चार करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेकामा त्यसलाई २८ किस्तामा विभाजन गरिएको छ । पहिलो किस्ताबापत त्रिवेणी सिन्थेटिकले १५ लाख ७१ हजार रुपैयाँ तिरेको हो ।