१३ असार २०८३, शनिबार

एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउने प्रयासमा छौँ : प्रधानमन्त्री

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र कसैलाई पनि चोट नपर्ने गरी शान्तिपूर्ण निर्वाचन गराउने लक्ष्य रहेको बताएकी छिन् ।

थाइल्यान्डस्थित द एसिएन नेटवर्क फर फ्री इलेक्सन्स (आन्फ्रेल) का प्रतिनिधिमण्डलसँगको भेटमा उनले निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।

आन्फ्रेलको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकनका लागि काठमाडौं आएको हो।