१ श्रावण २०८३, शुक्रबार

छत्रपाल आधारभूत विद्यालयमा आगलागी, दुईतले भवन जलेर नष्ट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, २० कात्तिक । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ ।

अदानचुली गाउँपालिका–३ मा रहेको विद्यालयमा बुधबार राति ८ः०० बजेदेखि आगलागी हुँदा विद्यालयको दुईतले–दुईकोठे भवन पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका शिक्षक नन्द फडेराले जानकारी दिए ।

कार्यालय कोठामा भएको सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, चार दराज, चार सोफासेट, २० वटा प्लास्टिक कुर्ची, एक रिङ कुर्ची, तीनवटा मादल, हार्मोनियम, ड्रम सेट, १२ सेट टेबल कुर्ची, दुईवटा प्रिन्टर, अत्यावश्यक कागजात लगायत सामग्री नष्ट भएको शिक्षक फडेराले बताए ।

आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागी भएको समयमा कार्यालय कोठाको ढोकाको ताल्चासमेत नलगाई ह्यान्डिल मात्र लागेकाले घटना शंकास्पद रहेको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए ।

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।