२१ असार २०८३, आइतबार

रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बयान

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कार्तिक । जेनजी आन्दोलनका बेला कारागारबाट निस्किएको विषयमा जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग करिब ६ घण्टा बयान लिएको छ।

भदौ २३–२४ का घटनाबारे बुझ्न उनलाई बुधबार नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगमा ल्याइएको थियो।

आयोगले लामिछानेलाई जेलबाट कसरी बाहिरिए भन्ने र त्यसबेला तयार भएको पत्रबारे प्रश्न गरेको बताइएको छ। लामिछानेले भने आन्दोलनका कारण सुरक्षाका लागि प्रशासनकै निर्णयमा बाहिरिएको दाबी गरेका छन्।

हाल उनी सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।