१५ असार २०८३, सोमबार

प्रहरीबाट लुटिएको हतियार प्रहरीलाई नै बेच्न खोज्दा…

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कार्तिक । जेन-जी आन्दोलनको दोस्रो दिन लुटिएको प्रहरीको हतियारसहित राइड सेयरिङमा संलग्न शिवराज धमला पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले तारकेश्वर नगरपालिका–११ बाट कैलालीका टिकापुर–१ निवासी धमलालाई स्वचालित इन्सास र सर्टगनसहित पक्राउ गरेको हो।

प्रहरीको विशेष टोलीले हतियार खरिदकर्ताको रूपमा उनको सम्पर्कमा पुगेर पेस्तोल बेच्न खोज्दा पक्राउ गरेको जनाएको छ।

धमलाको कोठाबाट बरामद हतियार भदौ २४ गते लुटिएको पुष्टि भएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।