पोखरा, १९ कार्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना प्रकरणमा अध्यक्षसहित सात जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अध्यक्ष सुरेन्द्र बहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्म प्रसाद गुरुङ, मार्केटिङ प्रमुख वेदीप्रसाद सुवेदी र सदस्य इन्द्रप्रसाद द्धा रहेका छन्।
कास्की प्रहरीका डीएसपी हरि बस्नेतका अनुसार उनीहरूलाई सहकारी ठगी कसुरमा थुनामा राखेर अनुसन्धान सुरु गरिएको छ।









प्रतिक्रिया