२८ असार २०८३, आइतबार

हामी मूलघर एमालेमा फर्किँदै छौँ, हाँसेर बोलिदिए पुग्छ : किसान श्रेष्ठ

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी)बाट नेकपा (एमाले)मै फर्किन लागेका नेता किसान श्रेष्ठले आफूहरु निशर्तरुपमा मूलघर एमालेमा फर्किन लागेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै नेता श्रेष्ठले आफूहरु निशर्तरुपमा मूलघर फर्किन लागेको जानकारी गराएका हुन् ।

श्रेष्ठले भने, ‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मूलघर एमालेमा फर्किन लागेका छौँ । मूलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौँ ।’ श्रेष्ठले आफूहरुले एमालेमा फर्कन कुनै पदको लागि शर्त नराखेको बताए ।

‘हामीलाई मूलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौँ । हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस् ।’ श्रेष्ठले भने ।