रुपन्देही, १८ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान अन्तरिम सरकारमाथि निर्वाचनको तयारी नगरी राजनीतिक दलहरू प्रति प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्।
रुपन्देहीमा आयोजित पार्टीको विस्तारित बैठकमा बोल्दै पौडेलले भने, ‘सरकारले चुनावको तयारी गरेको छैन, बरु दल र नेताहरूलाई निशाना बनाउँदै प्रतिशोध लिँदैछ।’
उनका अनुसार संविधानले बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली सुनिश्चित गरेको हुँदा राजनीतिक दललाई किनारा लगाएर चुनाव सम्भव छैन।
पौडेलले सरकारको चुनावसम्बन्धी गतिविधि “देखाउने दाँत मात्रै भएको” टिप्पणी गर्दै एमाले चुनावबाट कहिल्यै नभाग्ने बताए। उनले पञ्चायती कालमा पनि एमालेले चुनावलाई जनताको पक्षमा प्रयोग गरेको ऐतिहासिक अनुभव स्मरण गरे।
उनका अनुसार अहिलेको मुख्य प्रश्न ‘निर्वाचनमा भाग लिने कि नलिने” होइन, ‘सरकारले नै निर्वाचनको तयारी नगरेको’ हो।








प्रतिक्रिया