कपिलवस्तु, १८ कार्तिक । कृष्णनगर नगरपालिका–९ जुमिलास्थित कृष्णनगर–चन्द्रौटा सडकखण्डमा मंगलबार दिउँसो साढे ३ बजे भएको सडक दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय शिवप्रसाद कुर्मी रहेका छन्। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यका अनुसार पैदल हिँडिरहेका कुर्मीलाई युपी ३५ ए के २४१५ नम्बरको भारतीय स्कार्पियो गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका कुर्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक र गाडीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक आचार्यले बताए।
मृतकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको छ भने दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कार्पियोका चालक ३५ वर्षीय पप्पु चौधरीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।








प्रतिक्रिया