८ कार्तिक २०८३, आइतबार

प्रचण्डले माओवादी पार्टी छाडेर माधव नेपाल सामु आत्मसमर्पण गर्नुभयो : जनार्दन शर्मा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) बाट अलग्गिएर प्रगतिशिल अभियान नेपाल घोषणा गरेका जनार्दन शर्माले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसँग आत्मसमर्पण गरेको बताएका छन् ।

आज अभियान घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले माओवादी छोडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेका बताएका हुन् ।

उनले भने, ‘हाम्रो अध्यक्ष प्रचण्ड माओवादी पार्टी छाडेर माधव नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो,’ शर्माले भने, ‘उहाँ उतै जानु भयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौँ।’